बिहिबार, बैशाख १३, २०८१

सिंहदरबार भित्रका कर्मचारीकाे कोरोना परीक्षण

काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या पछिल्ला दिनहरुमा बढ्दै गएपछि सरकारले परिक्षणको दायरा बढाएको छ ।

यसका लागि देशकै प्रशासनिक केन्द्र सिंहदरबार भित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सय देखि ७ सय कर्मचारीहरुको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरीएको छ ।

काठमाण्डौ उपत्यकामा मङ्गलबार मात्रै ५३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा सङ्क्रमितको कुल सङ्ख्या चार सय ७७ पुगेको छ ।