बिहिबार, बैशाख ०६, २०८१

पोखरा बिमानस्थलको ६२ प्रतिशत काम सम्पन्न

पोखरा। निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको ६२ प्रगति हासिल भएको छ ।

पर्यटनमन्त्री योगेश भट्टराईका अनुसार बिमानस्थलको ६२ प्रतिशत काम सम्पन्न भएको हो । कोरोनाको माहामारीमा पनि पोखरा बिमानस्थलको काम निरन्तर जारी छ ।

२४४ चिनियाँ र १०० नेपाली कामदारहरुले सुरक्षित रुपमा काम गरिहेका मन्त्री भट्टराईले जानकारी दिएका छन् । सन् २०२१ जुनमा सम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको छ ।