आइतबार, असार ०१, २०८२

भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार नाघ्यो,३२ हजार बढीको मृत्यु

छिमेकी मुलुक भारतमा कोरोना भाईरस संक्रमितको संख्या १३ लाख ८५ हजार नाघेको छ ।

लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा पछिल्लो २४ घण्टामा ४८ हजार ४ सय भन्दाबढी संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या १३ लाख ८५ हजार ४ सय ९४ पुगेको वल्डोमिटरमा उल्लेख छ।

तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको हो । तीन दिनमा मात्रै भारतमा १ लाख ४५ हजार ८ सय १० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये हालसम्म ८ लाख ८६ हजार २ सय ३५ उपचारपछि निको भएर घर फर्किएका छन् भने ४ लाख ६७ हजार १ सय ६३ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको संख्या ३२ हजार ९६ पुगेको छ । यसैबिच सरकारले मार्च देखि बन्द रहेका सिनेमा हल आगामी महिना देखि खोल्ने तयारी गरेको छ ।