पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको शनिबार बसेको बैठकले जोशी र ओझालाई ५/५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
जोशीले गत निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएका थिए । तर भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकोले उनको उम्मेदवारी खारेज भएको थियो । त्यस्तै ओझाले कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु देउवालाई हराउन अन्तर्घात गरेको आरोप लागेको थियो ।