मङ्गलबार, बैशाख ३०, २०८२

पूर्वमन्त्री थापासहित राप्रपाका ३१ जना नेताहरुद्वारा सामूहिक राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सुनिलबहादुर थापासहित ३१ जना नेताले संयुक्त रुपमा राजीनामा दिएका छन् ।

पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदैआएका पूर्वमन्त्री सुनिलबहादुर थापासहित नेताले शनिबार एकसाथ राजीनामा घोषणा गरेका हुन् ।

पार्टीका तीन जना अध्यक्षलाई सम्बोधन गरेर राजीनामा पेश गरिएको छ । राजिनामा दिने नेताहरू प्रायः सबै केन्द्रीय तहका नेताहरू छन्। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका सुपुत्र सुनिलबहादुर थापा (धनकुटा), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), पदमबहादुर बस्नेत (धनकुटा), आशाराम चौधरी (कैलाली), किरण गिरी (काठमाडौँ), लगायत रहेका छन्।