शुक्रबार, चैत १६, २०८०

गायिका रितुले ल्याईन सामाजिक सन्देश दिने“जाम भो भागेर”बोलको तीज गीत

काठमाडौं । गायिका रितु थापा मगरको प्रस्तुतिमा “जाम भो भागेर” बोलको तिज गीत सार्वजनिक भएको छ ।
नेपाली समाजमा यथावत रुपमा रहेको जातीय विभेद र अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर घर परिवार र समाजले हेर्ने दृष्टिकोणलाई यो गीतले चिरफार गर्न खोजेको छ । आजको यो समयमा यदि चोखो प्रेम गरिएको भने अन्तरजातीय प्रेम बिवाह समाजका लागि पहिले आफ्नो घरबाटै स्विकार्य हुनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ ।
नेत्र अर्यालको शब्द एवम् खेम सेन्चुरीको लय सृजनामा खेम सेन्चुरी,रितु थापा मगर,टीका सानु र मनोज भण्डारीको आवाजमा रहेको यो गीत लाई बिनोद बाजुरालीले एरेन्ज गरेर मालाश्री स्टुडियोमा रेकर्ड गरी खडक बाजुरालीले ध्वनि सम्पादन गर्नु भएको हो ।
प्रकाश भट्टले निर्देशन गरेको यस म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गर्नु भएको छ भने बिनोद श्रेष्ठ,शिरु बिष्ट,खेम सेन्चुरी, रितु थापा मगर,नरिन बुढाथोकी र बाल कलाकार शुभम बुढाथोकीको दमदार अभिनय रहेको गीतको छ ।
म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गर्नु भएको हो । यस गीत रितु थापा मगरको आफनै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।
पूरा म्युजिक भिडियो