मङ्गलबार, बैशाख ०४, २०८१

सार्वजनिक यातायात सञ्चालन नभए आन्दोलन गर्ने मजदुरको चेतावनी

काठमाडौं । सार्वजनिक यातायातका साधन सञ्चालन नभए आन्दोलन गर्ने यातायात मजदुरले चेतावनी दिएका छन् । बुधबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा यातायात मजदुरले रोजीरोटीका लागि अब आन्दोलन गर्नुको विकल्प नभएको बताए ।
‘हामी जसरी पनि सडकमै हो । सरकारले कि काम दिन पर्यो कि माम । होइन भने मजदुरको झण्डा लिएर आन्दोलनमा जानुको विकल्प छैन’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले भने ।यातायात मजदुरले गाडी चलाउनुपर्ने आवाज उठाउन थालेपछि समितिले बुधबार मजदुर प्रतिनिधिसँग छलफल गरेको थियो ।
छलफलमा भीमज्वाला राईसहितका करिब १५ जना यातायात मजदुर नेताहरु सहभागी थिए । सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष होमप्रसाद अधिकारी, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्म भण्डारी, ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बानियाँ, इलेक्ट्रिक भेहिकल एसोसिएसन नेपालका अध्यक्ष उमेशराज श्रेष्ठले सार्वजनिक यातायात सञ्चालनको वातावरण बनाउनुपर्ने माग गरे ।उनीहरुले रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै अब चुप लागेर नबस्ने चेतावनी पनि दिए ।
लकडाउनको अवधिको बैंकको ब्याज र सरकारले लिने कर मिनाहा हुनुपर्ने, चिकित्सकसरह यातायात मजदुर (चालक र सहचालक) लाई कोरोना बिमा, स्वास्थ्य सामग्री दिनुपर्ने, नयाँ भाडादर निर्धारण गर्नुपर्ने, विद्यार्थी र बृद्धबृद्धालाई दिँदै आएको भाडा छुट रोक्नुपर्ने उनीहरुको माग छ ।
सरकारले कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गते लकडाउन गरेदेखि सार्वजनिक यातायात बन्द छन् । जे