मन्थली-११ नाटिलाका युवाहरुले गरे टोल बस्ति,विद्यालय,मठमन्दिर सरसफाई

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ११ गेलु नाटिलामा युवाहरुले टोल ,बस्ति,विद्यालय,मठमन्दिर सरसफाइ अभियान सुरु गरेका छन् ।
बुधवार स्थानीयस्तरमा युवाहरू मिलेर सरसफाई अभियान थालनी गरेको हो । गेलु नाटिलामा टोल बस्ति विद्यालय मठमन्दिर सरसफाइ अभियान साथै सार्वजनिक क्षेत्रको फोहोर व्यवस्थापन गरिएको छ । गेलु तल्लो नाटिलामा रहेको हेल्पोष्ट परिसरमा फुलहरू रोपी फोहोर व्यवस्थापन,मन्दिर वरिपरि फुलहरू रोपी सरसफाइ गरेको छ । यस्तो कार्य आगामी दिनहरूमा स्थानीय संघसंस्थाहरूसंग सहकार्य गरी अगाडी बड़ने संयुक्त युवा अभियानका संयोजक राजनकुमार श्रेष्ठले जानकारी दिनुभयो । सरसफाइ अभियानमा सह-सयोजक असोक आले मगर लगाएत उमेस थापामगर र युवराज थापामगरको सक्रिय भूमिका रहेको छ ।
सरसफाइ अभियानमा मन्थली नगरपालिका वडा नम्बर ११ का अध्यक्ष भिम बहादुर थापा मगरले युवाहरूले गरेको यस अभियानलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया