शनिबार, बैशाख ०८, २०८१

च्याम्पियन खेलमा म्यानचेष्टर सिटीसँग लिभरपुल पराजित

काठमाडौं । लिभरपुल पछिल्लो खेलमा म्यानचेष्टर सिटीसँग फराकिलो अन्तरले पराजित भएको छ । गएराति भएको खेलमा गत सिजनको विजेता सिटीले लिभरपुललाई ४-० ले पराजित गरेको हो ।

अघिल्लो खेलमा सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलले सात खेल बाँकी छँदै ३० वर्षपछि पहिलो पटक प्रिमियर लिग उपाधि जितेको थियो । च्याम्पियन लिभरपुललाई सिटीले खेलअघि एतिहाड स्टेडियममा गार्ड अफ अनरको सम्मान दिएको थियो । तर गएरातिको खेलमा दबाव राख्दै सिटीले शानदार जित हासिल गर्‍यो ।
सिटीका लागि पहिलो हामा रहिम स्टर्लिङ केभिन डे ब्रुएना र फिलफोडेनले गोल गरे । दोस्रो हाफमा लिभरपुलले एक आत्मघाती गोल उपहार दियो । खेलको २५औं मिनेटमा डे ब्रुएनाले पेनाल्टीबाट गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसको दश मिनेटपछि स्टर्लिङले पूर्व क्लबविरुद्ध गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिममा फोडेनले गोल गरे । दोस्रो हाफमा लिभरपुलका एलेक्स ओलेड च्याम्बरलाइनले आत्मघाती गोल उपहार दिए
हारपछि पनि लिभरपुलले सिटीभन्दा अझै २० अंक धेरै जोडेको छ । ३२ खेलबाट लिभरपुलको ८६ अंक छ भने सिटीको ६६ अंक छ ।
अर्को खेलमा शेफिल्ड युनाइटेडले टोटनहम हट्सपरलाई ३-१ ले पराजित गर्दै सातौं स्थानमा उक्लेको छ र शीर्ष ६ को दाबेदारी पेश गरेको छ ।