शनिबार, बैशाख ०८, २०८१

गण्डकी प्रदेशमा विदेशबाट ३० हजार जना फर्कने मुख्यमन्त्री गुरुङको अनुमान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङले गण्डकी प्रदेशमा विदेश गएका ३० हजार नागरिक फर्कने अनुमान गरेका छन ।
गण्डकी सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा विहिबार मुख्यमन्त्री गुरुङले भारत र तेश्रो मुलुकबाट आउदो साउन महिनासम्ममा ३० हजार नागरिक फर्कने भएकाले उनीहरुलाई लक्षित गरेर सरकारले योजना बनाइरहेको बताए ।

पिसिआर टेष्टदेखि क्वारेन्टाइनको ब्यवस्था

३० हजार जना सबैको पिसिआर टेष्ट हुन्छ भन्दै त्यसका लागि पिसिआर म्यासिन थप्न थालिएको बताए । विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने ब्यवस्था पनि गरिएको दावी बताउनु भएके छ ।

प्रदेश सरकारले थप १ पिसिआर मेसिन खरिद गर्ने
गण्डकी प्रदेश सरकारले थप १ पिसिआर मेसिन खरिद गर्ने भएको छ । प्रदेशमा हाल २ वटा पिसिआर मेसिन छन् । नीति तथा कार्यक्रममा संसदमा उठेका प्रश्नको बिहीबार जवाफ दिँदै मुख्यमन्त्री गुरुङले हाल दैनिक ५ सय नमुना परीक्षण गर्ने क्षमता रहेकोमा नयाँ खरिद गरेपछि दैनिक ७ सय नमुना परीक्षण गर्न सकिने बताए ।