शनिबार, बैशाख ०८, २०८१

एमसीसी खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

विभिन्न दल निकटका भातृ संगठनले माइतीघरमा छुट्टाछुट्‍टै प्रदर्शन गरेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थीले पनि माइतीघरमा प्रदर्शन गरेको छ । नेपाल क्रान्तिकारी माओवादीको विभिन्न भातृ संगठनले पनि माइतीघरमा प्रदर्शन गरेको थियो । सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको छ ।