शुक्रबार, चैत १६, २०८०

संविधान संशोधन विधेयक प्रतिनिधिसभा बैठकमा आज पेश हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा।शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची राखिएको छ ।

संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो । यसअघि जेठ १४ गते सम्भावित कार्यसूचीमा राखेर नेपाली कांग्रेसले समय मागेको भन्दै अन्तिम समयमा हटाइएको थियो ।नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेसँगै सरकारले फेरि एक पटक आज सदनमा प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।

जेठ ९ गते संसद सचिवालयमा दर्ता भएको विधेयक आज सदनमा पेश हुने भन्दै सरकारले सबै दललाई सर्वसम्मत पारित गर्नका लागि आव्हन गरेको छ ।