रुकुम घटना : निष्पक्ष छानबिन गर्न जापानबाट माग

टोकियो । गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा अन्तरजातीय विवाह र प्रेमको विषयलाई लिएर भएको कहाली लाग्दो घटनालाई निष्पक्ष छनबिन गर्न माग गरेका छन । जापानमा क्रिर्याशिल दलित एकता समाज जापानले घोर निन्दा गर्दै निष्पक्ष छानबिन र पिडितलाई क्षतिपूर्तिको लागि सरकारसंग माग गरेको छ ।

समाजका अध्यक्ष गणेश रिजाल ुचिन्तनु ले विज्ञप्तिमार्फत घोर भर्त्सना जनाएका छन् । सयौं संख्याका मानिसहरुले ढुंगा ,मुढा र घरेलु हतियार प्रयोग गरि निर्मम,क्रुर ढंगबाट नवराज बिक लगायत ४ जनाको हत्या गरि भेरी नदीमा फालेको र २ जना अझै अज्ञात रहेको घट्नाले दुस्खित तुल्याएको छ यस अमानवीय घट्नाप्रति घोर भत्सर्ना एंव निन्दा गर्दछु साथै यस घट्नाले सिंगो दलित समुदाय मर्माहित भएको छ तसर्थ यस घट्नमा संलग्न दोषीहरुको पहिचान गरि कोहि कसैको दबाब एंव कहिँकतै तोड़मोड़ नगरि कानुन बमोजिम कडा भन्दा कडा कार्बाही गर्न सम्बन्धित निकायसंग अध्यक्ष गणेश बिक चिन्तनले जोडदार माग गरेका छन । साथै रुकुमेली समाज जापानले पनी जिल्लामा दुःखद घटना भएको भन्दै कानुनअनुसार कार्बाहीको माग गरेको छ । रुकुमेली समाज जापानका अध्यक्ष प्रिन्स पुनले रुकुममा ४ जनाको ज्यान जाने गरि भएको घटना निन्दनिय र अमानविय भएको भन्दै दोषिलाई हदै सम्मको कार्बाही गर्न माग गरेका छन् ।

उक्त घटनामा परि भेरी नगरपालिका लोकेन्द्र सुनार,नवराज विक,गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको ज्यान गएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया