शुक्रबार, चैत १६, २०८०

राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय

काठमाडौं । राष्ट्रियसभाले सरकारले जारी गरेको नयाँ नक्साअनुसार संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार  संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ । हाल नेपालको संघीय संसदको लोगोमा रहेको नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक, कालापानी  क्षेत्र छुटेको छ । राष्ट्रियसभाले संघीय ससदका सदस्यले प्रयोग गर्ने लोगोमा एकरुपमा ल्याउन प्रतिनिधिसभालाई पनि अनुरोध गर्ने निर्णय गरेको छ ।

राष्ट्रियसभाको बैठक जेठ १२ गतेका लागि तोकिएकामा त्यस दिन मुस्लिम समुदायको इदुल फित्र चाड पर्काले जेठ १३ गतेका लागि तोकिएको छ ।