Nepali date


बुधबार, जेष्ठ २१, २०७७

एनबिए जापानको आजबाट टोकियोमा निःशुल्क हेल्प डेस्क सञ्चालन

टोकियो । बिश्वब्यापीरुपमा फैलिएको महामारी कोभिड-१९ बाट प्रभावितहरुलाई सहजीकरणको लागि नेपाली ब्यवसायी संघ (एनबिए ) जापानले निःशुल्क हेल्प डेस्क सञ्चालन गर्ने भएको छ ।

जापानमा रहेका नेपाली ब्यवसायी तथा सर्बसाधारणका लागि जापान सरकारले उपलब्ध गराउँदै आएको विभिन्न शीर्षकका राहत प्याकेज अनुदान तथा सहुलियत कर्जा लिने प्रक्रियामा आवश्यक परामर्श तथा सहजीकरण सेवा उपलब्ध गराउन आइतबारदेखि हेल्प डेस्क सञ्चालन गर्न लागेको संघका अध्यक्ष बिजय थकालीले  बताउनुभयो ।

राहत प्याकेजका कुनै पनि शीर्षकका अनुदान तथा सहुलियत कर्जा लिने प्रक्रियाका लागि सहयोगको आवश्यक पर्ने जो कोहीले सम्पर्क गरी सेवा लिन सकिने बताईएको छ । हेल्प डेस्क हरेक दिन अपरान्ह २ बजेदेखि ५:३० बजेसम्म शिन-ओकुबोस्थित नेपाली मुरा हल सोलमारीमा सञ्चालन गरिने भएको छ । हेल्प डेस्क सञ्चालनबाट जापान सरकारद्वारा उपलब्ध गराईएको सेवा सुबिधा लिन सर्बसाधारण नेपालीहरुलाई सहजिकरण गने मातृ सन्देशसंगको लाईभ कुराकानीम संघका कोषाध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

आवश्यक परामर्श तथा प्रक्रियामा सहजीकरण गर्ने उद्देश्यले ब्यवसायी संघले अध्यक्ष थकालीको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरी हेल्प डेस्क सञ्चालन गर्न लागेको संघका सचिव बाबुराम पौडेलले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया