Nepali date


बुधबार, जेष्ठ २१, २०७७

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५९१ पुग्यो,बाँके रेड जोनमा

काठमाडौं । नेपालमा शनिबार मात्रै ७५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ५९१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालय अनुसार शनिबार सबैभन्दा धेरै बाँकेको नरैनापुर गाउँपालिकामा २७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नरैनापुरमा मात्रै कोरोना संक्रमितको संख्या ११२ पुगेको छ । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना, कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना, मायादेवी गाउँपालिकामा ३, रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा गरी ११ जना, बैतडीमा चार जना, सुर्खेतमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, बर्दियामा, झापा,गुल्मी,बारा, चितवन र काठमाडौंमा पनि एक एक जना संक्रमित भेटिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

नेपालमा हालसम्म ३ कोरोनाबाट जनाको मृत्यु भइसकेको छ भने ७० जना संक्रमित निको भएका छन् । देशभर ४५ हजार ९५९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया