Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

नेपालमा एकैदिन ५८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय ८४ पुगेको छ ।

बाँकेमा २७ जना, बैतडीमा चार जना, बर्दियामा एक जना, झापामा एक जना र सुर्खेतमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् । बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा एक जना, झापाको झापा गाउँपालिकामा एक जना संक्रमित भेटिएका हुन् ।

यसअघि शनिबार बिहान मात्रै विभिन्न ठाउँमा गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै आज नेपालमा एकैदिन ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया