Nepali date


बुधबार, जेष्ठ २१, २०७७

नेपाल सरकारद्धारा शसस्त्र प्रहरीको पोष्ट सीमा क्षेत्र झुलाघाटमा निर्माण

दार्चुला । भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा केन्द्र बनाएर सरकारले शसस्त्र प्रहरीको पोष्ट झुलाघाटमा निर्माण गरिएको छ ।  यो पोष्टको सुदुरपश्चिम शसस्त्र प्रहरी नायब महानिरीक्षक हरी शंकर बुढाथोकीले उद्घाटन गरे ।

छाङरुमा यस अघि नै पोष्ट स्थापना भईसकेको छ । यसै गरी सेनाले अप्ठ्यारो क्षेत्रमा बाटो निर्माण गरीरहेको छ । भारतले अतिक्रमण गरेर नेपाली भूमि लिपुलेक हुदै मानसरोबर जोड्ने बाटो निर्माण गरे पछि नेपालले पनि सीमामा शसस्त्रलाई खटाउन शुरु गरेके छ भने अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गरीसकेको छ । अब नेपाली भूमि फिर्ता गर्न भारतमाथि चौतर्फी दबाब आएको छ भने भूमि विवाद २ देशविच वार्ता गरेर समधान खोज्न विज्ञहरुले सुझाव दिएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया