Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

नेपालमा कोरोना संक्रमण बढ्दो,संक्रमित संख्या ५१६ पुग्यो

काठमाडौं । नेपालको बारामा थप ६ जनासहित नयाँ ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रजिअ पण्डितका अनुसार संक्रमित हुनेहरुमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का रहेका छन् ।  हेटौंडा प्रयोगशाला पठाइएको थियो । हेटौंडाले पनि उनीहरुको रिपोर्ट कन्फर्म गर्नका लागि काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशाला पठाइएको थियो ।

आज साँझ ८ १५ बजे सप्तरी,भक्तपुर,हेटौडा एक-एक संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया