शुक्रबार, बैशाख ०७, २०८१

बाग्लुङ समाज जापानद्धारा १ लाख ५६ हजार कँडेलको उपचारका लागि सहयोग

टोकियो । प्यारलाईसिसको विरामी भई झन्डै छ महिना अघि देखी हस्पिटलमा उपचार गराई रहनु भएका बाग्लुङ ताराखोला निवासी करण कंडेलको उपचारको लागि संकलित सहयोग हस्तातरण गरेको छ ।

अहिलेको आपत्तकालिन अबस्थामा थप समस्या परेकाले बाग्लुङ समाज जापानले एक लाख छपन्न हज़ार उपचारका लागी हस्तातरण गरेको समाजका अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य लाभको कामनागर्दै यस अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण बाग्लुङ निवासीलाई बाग्लुङ समाज जापानले हार्दिक धन्यबाद ब्यक्त गरेको छ ।