शुक्रबार, बैशाख ०७, २०८१

पाँचपोखरीको कोरोना विपद कोषमा ९१ लाख ६० हजार बढी संकलन

सुशिल सुबेदी,सिन्धुपाल्चोक । पाँचपोखरी थाङपालगाँउपालिकाले स्थापना गरेको कोरोना संक्रमण तथा विपद व्यवस्थापन कोषमा हालसम्म ९१ लाख साठ्ठी हजार आठ सय उनान्सय जम्मा भएको छ ।

आज मानुषी लगुवित्त वित्तिय संस्था लिमिटेड तिपेनिले उक्त कोषमा १५ हजार रुपैया जम्मा गरेको छ ।संस्थाका शाखा प्रमुख उद्धव कुमार खकुरेलले उक्त रकम वरावरको चेक गाँउपालिकाका अध्यक्ष टासी लामालाई हस्तान्तरण गर्नुभएको गाँउपालिकाका प्रवक्ता पासाङ लामाले जानकारी दिनुभयो ।

सहयोगप्रति संस्थालाई गाँउपालिका अध्यक्ष लामाले धन्यवाद ज्ञापन गर्नुभयो । गाउँपालिकाले ५० लाख रुपिँयाको “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष ” स्थापना गरेर काम गरिरहेको र सो कोषमा हाल सम्म गाँउपालिकाको आन्तरिक सा्रेतबाट ७० लाख, प्रदेश सरकारबाट १० लाख,कर्मचारीबाट २ लाख पैँतालिस हजार सात सय बैसठ्ठी ,शिक्षकबाट ४ लाख ९९ हजार एक सय सर्तिस, जनप्रतिनिको एक महिनाको सुविधा वरावर तिन लाख,फेयरमेड फाउन्डेसन पचास हजार, मनवहादुर अधिकारीबाट ५१ हजार , मानुषी लगुवित्त वित्तिय संस्था लिमिटेडबाट १५ हजार रकम जम्मा भएको लामाले जानकारी दिनुभयो । गाँउपालिकाले स्वेच्छिक रुपमा प्राप्त सहयोग मात्रै कोषमा जम्मा गर्ने गाँउपालिकाका अध्यक्ष लामाले जानकारी दिनुभयो ।

आफुहरुले सार्वजनिक रुपमा आग्रह नगरी उक्त रकम स्वेच्छिक रुपमा कोषमा जम्मा भएको लामाको भनाई छ ।