शुक्रबार, बैशाख ०७, २०८१

नेपाल एयरलाईन्सबाट में २४ र २६ मा जापानको फुकुओका र नारितामा चार्टर विमान

टोकियो । लकडाउनका कारण नेपालबाट जापान आउन नपाएका यात्रुहरुलाई निजि ट्राभल्स कम्पनीले चार्टर फ्लाईट हुने भएको छ । मार्गीक टुर्स एण्ड ट्राभल र रिसेन्ट एण्ड रिदम ट्राभल (आरआर)ट्राभलले संयुक्तरुपमा, जापानआउने तयारीमा रहेका तर नेपाल – जापान हवाई उडान स्थगित भएपछि रोकिएकाहरुलाई सहजिकरण गर्दै चार्टर फ्लाईटको तयारी गरेको जनाएको छ ।

काठमाडौँको दरबारमार्गमा रहेको मार्गीक टुर्स एण्ड ट्राभल प्रालीका प्रमुख कार्यकारी पर्शु बस्नेतका अनुसार, जापानस्थित चार्टर्ड फ्लाईटअनुमतिको सम्पूर्ण प्रक्रिया पूरा भएको जानकारी दिनुभयो  । उनले  यो विश्वव्यापी महामारीको बेला, आपतमा परेका मानिसहरुलाई सहयोग गर्ने उद्देश्यले नेपाल एयरलाईन्सबाट में २४ र २६ मा जापानको फुकुओका र नारितामा चार्टर विमान उडान गराउन लागिएकाले  यात्रुहरुलाई यथासक्य न्युन शुल्कमा गन्तव्यसम्म पुर्याउन लागि परिरहेको बताउनुभयो ।

जापान आउनका लागि श्रम ईजाजत समयावधि बाँकी भएका तथा विद्यार्थी सहित अन्य भिषामा रहेर जापान आउन स्विकृत पाएकाहरुले टिकट बुकिगं गराउन सक्ने छन् । अहिले नेपालमा श्रम अनुमति नदिएकाले वर्किगं भिषामा रहेका तर कम्तिमा ९०दिनको श्रम अनुमति बाँकी नरहेकाहरुले भने टिकट बुकिगं गराउन नसक्ने बताईएको छ ।  प्रतियात्रु  शुल्क ईकोनोमिक क्लास तर्फ १ हजार १ सय डलर र बिजनेस क्लासका लागि १५ सय डलर तोकिएको कम्पनीले जनाएको छ ।

नेपालबाट जापान आउन चाहने यात्रुले किटक बुकिगंको लागि आवश्यक कागजात बुझाउनु पर्ने भएकाले, यात्रुहरुको विवरण नेपालस्थित जापानी दूतावासमा बुझाएपछि यात्रुको तयारी पूरा हुने कम्पनीले जनाएको छ ।