बुधबार, बैशाख १२, २०८१

जापानमा कोरोना संक्रमित दर घटदो,टोकियोमा मंगलबार ५ जना पुष्टि

टोकियो । जापानको राजधानी टोकियोमा मंगलबार  ५ जनासहित जापानभर कोरोना संक्रमितहरुको संख्या ३१ जना मात्रै पुष्टि भएको छ । पछिल्लो दिनप्रतिदिन जापानमा कोरोना संक्रमित बढ़ने दर घटदै गएको अवस्थामा मंगलबार पनी घटेको छ ।

मंगलबार रातीसम्म कोरोना संक्रमित टोकियोमा ५०७० पुगेको र २४४ जनाको मृत्यु भएको एनएचकेले उल्लेख गरेको छ । हालसम्म संक्रमितहरुको संख्या १७ हजार ७७ जना पुगेको छ । संक्रमित मध्ये १२ हजार २सय जनाले स्वास्थ्य लाभ गरेका छन् भने ७ सय ८१ जनाको निधन भएको छ । सोमवार होक्काईदो,टोकियो, साईतामा,चिबा, खानागावा,यामानासी ,ओसाका, तोयामा तथा ईबाराकीकेन लगाएतमा मात्र नयाँ संक्रमित देखिएको उल्लेख छ ।