शुक्रबार, बैशाख ०७, २०८१

जननेता मदन भण्डारीप्रति सच्चा श्रद्धाञ्जली कहिले ?

@निर केसी

-मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रैछ देशभक्त छोरो मर्दा देशै रुँदो रैछ ।

आँखाबाट आँसु हैन माया बग्दो रैछ शोकसँगै वेदनाको हुरी चल्दो रैछ ।

आफ्नो प्रिय नेतालाई काँधमाथि बोकी मानिसको लाम आफैं घाट जाँदो रैछ ।

बाँकी सारा सपनालाई पूरा गर्छौं भन्दै मुठी कसी मलामीले कसम खाँदो रैछ ।

मृत्युसँग नडराउने वीर मान्छे हुन्छ सगरमाथा चढ्नेले नै चुचुरोलाई छुन्छ ।

एकै वचन जिन्दगीको मूलमन्त्र हुन्छ हराएको मानिसको याद आइरहन्छ ।।

आज जेठ ३ गते ।नेपाली क्यालेन्डरको बार्षिक तिथि जेठ ३ भन्नासाथ माथी गितले भनेझैं  सारा मुलुक शोकमा डुबेको दिन , नेपाली जनताहरुको  प्रीय नेता गुमाउदा स्तब्ध भएको दिन, नेपाली धर्ती रोएको दिन , एक राष्ट्रबादी नेता बिलय भएको दिन अर्थात जनताको बहुदलीय जनबादका प्रतिपादक , नेपालको लोकतान्त्रिक आन्दोलनका एक जना प्रखर अगुवा र कम्युनिस्ट आन्दोलनका  बिशिस्ट सिद्धान्तकार नेपाली भुमिका महान जननेता मदन भण्डारी र संगठन बिभाग प्रमुख जिबराज आश्रीतलाई  पोखरामा पार्टीको कार्यक्रम सिध्याएर चितवनमा अखिल नेपाल महिला संघको कार्यक्रमको जिल्ला अधिवेशन लगायत तराईको पार्टी कामको सिलसिलामा, तत्कालीन परिस्थिति , देशीविदेशी शक्तिकेन्द्रका कारण दास ढुङ्गा मा सुनियोजित षड्यन्त्रका साथ रहस्यमय तबरले हत्या गरेको दिन । आज करिब तीन दशकमा लामो कम्युनिष्ट इतिहासवाट निष्कर्ष निकाल्दै अघि सारिएको उनको सिद्धान्त जिवितै भएपनि उनी र उनका सहयोगीको मृत्यु एउटा रहस्यमय इतिहास बनेको छ । यो दुर्घटना मात्र थियो वा सुनियोजित षडयन्त्र भित्रको हत्या गर्भकै विषय बनेको छ । घटनाका दोषीलाई सजाय दिनुको सट्टा  घटनामा संलग्न अमर लामा समेत मारिनुले घटना रहस्यको गहिराईतर्फ मोडिएको छ ।त्यसोत विश्वका केही राजनेताहरु जस्तै २९ औं अमेरिकी राष्ट्रपति वारेन जी हार्डिङको होस वा भारतीय राजनेता राजीव गान्धीको हत्याको पर्दाफास आजसम्म हुन सकेको छैन । ती अपवाद र पृष्ठभूमि भन्दा पृथक रहेको यो घटना यउटा दुर्घटना भएपनि तत्कालीन एमाले(हालको नेकपा)ले अझैंपनि दासढुंगा हत्याकाण्ड भन्न चुकेको छैन! यदि हत्या नै थियो भने पटक-  पटक तत्कालीन एमालेले सरकारमा सहभागी मात्र नभै  नेतृत्व नै गर्यो अझ भनौ सयोग  हाल जननेता मदनको मृत्युको जगमा राजनीति आएका उनकी श्रीमती बिद्या भण्डारी  राष्ट्रपति अनि सहयात्री  (तत्कालिन एमालेले गठन गरेको दासढुङा छानबिन समितिका सयोजक ) प्रधानमन्त्री केपि शर्मा ओलिले दुइतिहाइ नजिक सरकारको नेतृत्व   हुदासम्म  नेपाली जनतासामु त्यो हत्याकाण्डको पर्दाफास  नहुनु आफैमा दोषी र दु:खदपुर्ण अनि शकास्पद छ ।

तर्सथ यस घडिमा मदन र आश्रीतलाई सम्झने सिवाए केही छैन । उनको सम्झनामा स्कुल , फाउन्डेसन ,क्याम्पस र राजमार्गका नामकरण गरिएका छन । ठाउँ ठाउमा स्मारक र स्तम्भहरु राखिएका छन ।दुई दशक भन्दा वढी वालमस्तिष्कदेखि वयस्कसम्म सुन्दै भोग्दै देख्दै आएको उनीहरुको शालिक अगाडी  श्रद्धान्जली टक्राउन हरेक वर्ष झैं यस वर्ष पनि नेताहरु जालान र दरो मुठृी कस्लान तर उनको हत्या हो वा सुनियोजित यसवारेमा मौन हुनेछन् । फेरी जनताको बहुदलिय जनबादको सिद्धान्तलाई आत्मसात गर्ने खोक्रो कसम खानेछन् र पुनः एकपल्ट सम्झनेछन् । हरेक वर्षझै यो क्रम दोहोरिरहनेछ। उनका समकालिन बर्तमान राजनीतिमा छन् र लाजमर्दोस्थिति छ किनकी महान नेताहरुको हत्यारा को ? र किन? पत्ता लगाउन सकिएको छैन । जे होस ती महान नेताहरु जो थिए त्यागका प्रतिमुर्ति , अनुकरणीय जिबनशैलिका पर्याय र जसले ससारबाटै साम्यवादि सत्ताहरु तासको पत्ता झै ढल्दै गर्दा सगरमाथाको देश नेपालमा विश्व सर्बहरा बर्गको मुक्तिको झण्डा हसिया हथौड़ाको झण्डा फहराए । अनि युरो कम्युनिज्मको साभार कै सज्ञा दिइए पनि नेपाली बामलाइ बन्दुकको साटो जनताको मतको बाटोबाट सत्ताको नेतृत्वका लागि दिशा निर्देश गरे ।

जबसम्म दासढुङा दुर्घटनाको जिपसगै यसको रहस्यलाइ उर्लाबारीको मदन भण्डारीको संग्रहालयमा ढुसी पारेर राखिन्छ तबसम्म मदनको आत्माले शान्ति पाउदैन ।

झिनो आशा राखौ इतिहासले एकदिन दासढुङा रहस्य खुल्नेछ । ती महान जननेताहरुको ३ जेठको हत्याप्रती हार्दिक श्रद्धाञ्जली !

-गेलु , रामेछाप