बिहिबार, बैशाख ०६, २०८१

एनआरएनए जापानको पहल : नाम सुची सरकारलाई बुझायो,नेपालबाट जापान आउन पाउने

टोकियो । जापानबाट नेपाल जान तथा नेपालबाट तत्काल जापान आउन चाहने नेपालीहरुको सहजिकरणका लागि गैरआवासीय नेपाली संघ एनआरएनए जापानले तथ्यांक संकलन गरि एनआरएनए आईसीसी तथा नेपाली राजदूतावासलाई बुझाएको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाईरसका कारण समस्यामा परि जापानबाट नेपाल र नेपालबाट जापान आउन अफ्ट्यारोमा परेका नेपालीहरुलाई मध्य नज़र गरी शनिबार जारी गरेको विज्ञप्तीका अनुसार एनआरएनए जापानले नेपाल सरकारको ध्यान आकर्षित गर्न समस्यामा परेकाहरुको नाम लिष्ट तयार गरी नेपाली राजदूतावास तथा एनआरएनए अन्तराष्ट्रीय समन्वय परिषद मार्फत नेपाल सरकारलाई बुझाईएको हो । अनलाईन सर्वेक्षण गर्दा नेपाल जान तथा नेपालबाट आउन चाहनेहरुको संख्या अधिक देखिएकाले सम्बन्धित निकायमा प्रत्यक्ष फोन सम्पर्क गरी यस बिषयमा छलफल गर्दा तत्काल नेपालमा रही बिभिन्न समस्याले जापान आउनुपर्नेहरुका लागि निजी कम्पनीलाई अनुमती दिएको र यो कोरोना भाईरस विश्वब्यापी रुपमा समस्या भएका कारण अन्य देशमा नेपाली नागरिकहरूलाई अझ बढी जटिल परिस्थिति आएकाले नेपालमा पनि आवाश्यक वातावरण सिर्जना गरी अति समस्यामा परेकालाई प्राथमिकताका साथ केही मापदण्ड निर्धारण गरी नेपाल लाजाने छलफल भैईरहेको बताईएको छ ।

यस्तो आपतकालिन अबस्थामा सुरक्षित रही एक आपसमा सहयोगी भावना राखी सामना गर्नुपर्ने भएकाले समस्या परि आएको अवस्थामा नेपाली समुदाय कोभिड-१९ आपातकालीन सहयोग समिति  जापान गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष संयोजकत्वलाई सम्पर्क गर्नका लागि आग्रह गरिएको छ ।  समितिको कार्यसंचालन मापदण्ड अनुसार सहयोग गरिने समेत जानकारी गराईएको छ ।

यसका साथै, एनआरएनए जापानले, यही १४ र १७ मे मा नेपालबाट जापानका लागि मात्र चार्टर हवाई उड़ान हुने जानकारीमा आएको हुनाले सम्बन्धित निकायमामा सम्पर्क गर्नु हुन अनुरोध पनि  गरेको छ । संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार उक्त  उडानमा एनआरएनए जापान आर्थिक कारोबार लगायतका काममा सम्बन्धित नरहेको जनाउनु भएको छ ।