शुक्रबार, बैशाख ०७, २०८१

जनजाति प्रतिष्ठानको परिषद बैठक सम्पन्न,उपाध्यक्ष नियुक्ति सिफारिस समितिमा ज्ञानेन्द्र पुन

काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २०औ संचालक परिषदको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार प्रतिष्ठानको संचालक परिषदको बैठक बसेको हो ।

प्रधानमन्त्री तथा परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा उपस्थित परिषद सदस्यहरुलाई सम्बोधन गर्नु भएको थियो  । त्यसैगरी परिषदका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले शुभकामना मन्तब्य दिनु भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा चलेको बन्दसत्रले आर्थिक वर्ष २०७६-०७७ को नीति कार्यक्रम अनुमोदन गरेको छ । साथै, आर्थिक वर्ष २०७७-०७८ को कार्यक्रमको योजना तर्जुमा, प्रतिष्ठानको निर्देशिका नियमावली संसोधन, उपाध्यक्ष नियुक्ति सिफारिस समिति र कार्यकारी सदस्य सिफारिस समितिको सर्वसम्मत निर्वाचित गर्ने लगायतका बिभिन्न निर्णय गरेको छ ।

प्रतिष्ठानको उपाध्यक्ष नियुक्ति सिफारिस समितिमा परिषदले ज्ञानेन्द्र पुनलाई तोकेको छ । सो समिति सहअध्यक्षको संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ र परिषदले तोकेको सदस्य रहने व्यवस्था छ । त्यसैगरी, कार्यकारी सदस्य सिफारिसका लागि मुकुन्द पहरी, जीवन राई र दिपक याख्या रहेको समिति बनेको छ ।