कविता : ✍️ प्रकाश बुढाथोकी
प्यारा मान्छेहरु
प्रिय मान्यजनहरु
भावना साटासाट गर्दै
शब्दमा मिठास भर्दै
मैले हजुरहरुलाई
हजुरहरुले मलाई
शुभकामना दिने समय हो
शुभकामना लिने समय हो
तर आज यि ओठहरु मौन छन
बोली रोकिएको छ
सास अड्किएको छ
यस्तो हुँदाहुँदै
सारा जगत रुदॉरुदै
माफ गर्नुहोस
कसरी लिऊ शुभकामना
कसरी दिऊ शुभकामना !
देश लकडाउनमा छ
परदेशमा पनि संकटकाल छ
धर्ती आकाश रोएको छ
बिश्व त्रसित आतंकित छ
रोजगारीमा भौतारिएको म
महिनौ भयो थुनिएको छु
कतै नुन तेल सकिए
कतै सामल सकिए
चुल्हो बल्न सकेको छैन
गाँउदेखि सहरसम्म
यस्ता कारुणिक दृश्य देख्दादेख्दै
मर्मस्पर्शी कथाहरु सुन्दासुन्दै
भोको पेटमा देशबासी रोएको पनि
आँखा अगाडि देखिरहेछु
माफ गर्नुहोस
के भनेर दिऊ शुभकामना
के भनेर लिऊ शुभकामना !
पीडा र आँशुहरू थपिएका छन्
महामारी फैलिएको छ
घरदेश देखि परदेशसम्म
साकुराका फेदहरु सुनसान छन्
भाइरसले फूलमा आक्रमण गरे
फूलहरु मुस्कुराउन सकेनन्
सडक सुनसान छ
सिंगो शहर शोकमा छ
मान्छेहरु कोरामा छन
यो अबस्थामा म कसरी मुस्कुराँऊ
हॉसो खुशी आओस कसरी भनौ
कसरी हॉसौ कसरी हसॉऔ
दुनियाँ रोएको बेला
माफ गर्नुहोस
कसरी दिऊ शुभकामना कसरी लिऊ शुभकामना !
@रामेछाप हाल जापान