शुक्रबार, बैशाख ०७, २०८१

विश्व अप्डेट : कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ६१ हजार नाघ्यो

काठमाडौं । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) को संक्रमण आज शनिबार साँझसम्म मृत्यु हुनेको संख्या ६१ हजार १ सय ४१ पुगेको छ । अहिलेसम्म ११ लाख ३८ हजार ३ सय ५७ जना संक्रमित भएका छन् । २ लाख ३५ हजार ८ सय ९१ जना उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा आज अहिलेसम्म ५ सय ४६ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख ७७ हजार ५ सय २२, स्पेनमा १ लाख २४ हजार ७ सय ३६, इटलीमा १ लाख १९ हजार ८ सय २७, जर्मनीमा ९१ हजार १ सय ५९, फ्रान्समा ८२ हजार १ सय ६५ र चीनमा ८१ हजार ६ सय ३९ जना संक्रमित भएका छन् ।