Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

कोरोना कहर : चीनमा २ हजारमात्र संक्रमित,अमेरिकामा ५ हजारको मृत्यु २ लाख बढी संक्रमित

एजेन्सी । चीनमा कोरोना भाइरसका संक्रमित जम्मा २ हजार ४ मात्र रहेका छन् । ७६ हजार २ सय ३८ जना उपचारपछि घर फर्किएका छन् । ४ सय ६६ जना संक्रमित गम्भीर अवस्थामा रहेका छन् । चीनमा ८१ हजार ५ सय ५४ जना संक्रमित भएकामा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।

यी बिरामी पनि धेरै विदेशमा संक्रमित भएका वा विदेशबाट आएर चीनमा नयाँ संक्रमण देखिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । चीनमा नयाँ बिरामी नदेखिए पनि विदेशमा रहेको चिनियाँ वा घुम्नका लागि चीन जानेहरुमा संक्रमण फेला परेको हो ।

चीनको जनजीवन सामान्य बन्न थालेको छ । सबैभन्दा धेरै प्रभावित क्षेत्र वुहानको जनजीवन पनि सामान्य बनेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा ५ हजार बढीको मृत्यु २ लाख बढी संक्रमित

अमेरिकामा कोरोना भाइरस९कोभिड १९० बाट मृत्यु हुनेको संख्या ५ हजार १०२ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २ लाख १५ हजार २० जनालाई संक्रमित भएको छ, भने ८ हजार ८७८ जना उपचारपछि निको भइसकेका छन् ।

मृत्यु भएका र उपचारपछि निको भएको संख्या बाहेक हाल २ लाख १ हजार ४० जना उपचार गराइरहेका छन् । जसमा ५ हजार ५ जनाको अवस्था गम्भीर रहेको जानकारी दिइएको छ । कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका रहेको जानकारी दिइएको छ । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि भयावह हुनसक्ने बताउँदै आएका छन् ।

कोरोना महामारीको स्वरुप इटलीजस्तै भयावह हुने अमेरिकन उच्च अधिकारीहरुको चिन्ता छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया