Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

जापान सरकारले ५० मिलियन परिवारलाई फेस मास्क वितरण गर्ने

टोकियो । कोरोना भाईरस (लोभिड-१९) संक्रमितको संख्या बढेपछि जापान सरकारले फेस मास्क वितरण गर्ने भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार सरकारले पुन: प्रयोगयोग्य कपडा फेस मास्क करिब ५० मिलियन घरपरिवारमा वितरण गर्ने बताउनु भएको छ । चीनको बुहानबाट सुरु भएको कोरोनाभाइरसको प्रकोपको बीचमा औषधि पसल र अन्य पसलहरूमा डिस्पोजेबल मास्कको स्टक सुरु भएको जापानी समाचार संस्था क्योदोले उल्लेख गरेको छ ।

उक्त घोषणासंगै जापान सरकारले यस हप्तादेखि मास्क वितरण शुरू गर्नेछ, कोरोना संक्रमित बिरामीहरूको संख्या बढी भएका प्रान्तहरूमा शुरू गर्ने जनाएको छ । जापानले यस अभियानलाई आपतकालिन आर्थिक प्याकेजमा समावेश हुन सक्ने अपेक्षा गरिएको छ जुन जापान सरकारले अर्को हप्तामा अन्तिम रूप दिने जनाएको छ ।

प्रधानमन्त्री आबेको अनुसार धुने मिल्ने कपडाको मास्क धेरै पटक प्रयोग गर्न सकिन्छ र बढ्दो माग पूरा गर्नको लागी वितरण शुरू गरीएको बताएको छ ।  जापानमा सन २०१९ को तथ्याङक अनुसार १२४.८  मिलियन जनसंख्या रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया