Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

रामेछाप गाडी दुर्घटनामा २ जनाको मृत्यु,प्रदेशमन्त्री ढुंगेलद्धारा दुःख व्यक्त

हैटौडा । बाग्मती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले रामेछापमा आज भएको बलेरो गाडी दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । गत मंगलवार बलेरो गाडी दुर्घटना हुँदा दुई जनाको निधन भएको खबरले आँफू स्तब्ध भएको बताउदै रामेछाप प्रदेशसभा ख बाट निर्वाचित सांसद समेत रहनुभएका उहाँले गाडी दुर्घटनामा निधन हुनुभएकाप्रति श्रद्धान्जली व्यक्त गर्नुभएको छ ।

मन्त्री ढुंगेलद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,भक्तपुरबाट रामेछापको दोरम्बा गाउँपालिकातर्फ जादै गरेको बा १४ च ९४९८ नम्बरको बलेरो गाडी मध्य पहाडी लोकमार्ग अन्तर्गत खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा दुर्घटना हुँदा दोरम्बा गाउँपालिका–२ दोरम्बा भँडारे निवासी संगीता पहरी र गोपीलाल पहरीको निधन भएको खबरले स्तब्ध भएको छु । यस शोकको घडीमा मृतक आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो संमवेदना व्यक्त गर्दै उहाँले दुर्घटनमा घाइते भइ अस्पतालमा उपचारत रहेका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

उक्त दुर्घटनमा २ जनाको मृत्यु २४ जना घाईते भएका थिए, अहिले धुलिखेल अस्पतालमा घाईतेहरुको आर्थिक अभावले उपचारमा समस्या आईरहेको अस्पतालवाट सुपलाल पहरीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया