Nepali date


मङ्लबार, जेष्ठ २०, २०७७

स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द

काठमाडौं । सरकारले स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ।

स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको हो । बुधबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले उक्त समूहले पहिलो खेपमा ल्याउने भनेअनुसार सामान ल्याउन नसकेकाले सम्झौता रद्द गर्नु परेको बताए ।

उक्त कम्पनीको पाँच करोड रुपैयाँ धरौटी पनि जफत गरेको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए । ओम्नी समूहको धरौटी जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अघि बढिसकेको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया