शुक्रबार, बैशाख ०७, २०८१

मृतक चिनमाया तमुको दाँहसंस्कारको लागि सहयोगको लागि अपिल

टोकियो । जापानको टोकियोमा बस्दै आउनु भएकी चिनमाया तमुको मुटुको उपचारको क्रममा मृत्यु भएको छ ।  मार्च २७ तारिख ३३ वर्षिय चिनमायाको मृत्यु भएको हो ।

नेपालको स्याङजा जिल्ला भिरकोट नगरपालिका वार्ड नं ८ छापा घर भई हाल सपरिवार जापान बस्दै आउनु भएकी टोकियोको सासाकीबारा मुटु अस्पतालमा सल्याकृयाको क्रममा निधन भएकी चिनमायाको दाँहसंस्कार र कियकार्जेको लागि ९ सदस्यीय “चिनमाया सहयोग समिति” गठन गरेको छ ।

स्व.चिनमायाको श्रीमान आफ्नो बुबाको हालसालै नेपालमा मृत्यु भएकोले कर्मकाण्डको शिलसिलामा नेपालमा रहेको र कोरोनाको कारण नेपालमा लकडाउन भएकोले जापान तुरुन्त फर्कन नसक्ने भएको छ । १४ वर्षिय एक छोरा र ९ बर्षिय एक छोरी जापानमै रहेको परिस्थितिमा स्व चिनमायाको यस्तो अतिनै अप्रिय घटना घटेको हुँदा दुखद घडीमा तमु धीं जापान,स्याङजा समाज जापान र मजदुर संगठन जापानको संयुक्त बैठक बसेर सहयोग समिति गठन गरेको तमु धीं जापानका महासचिव तथा समितिका सदस्य चित्र गुरुङले जानकारी दिनुभयो । मजदुर संगठन जापानको अध्यक्ष पदम प्हच्यु गुरुङको संयोजकत्वमा सदस्यहरुमा सौगात गुरुङ अध्यक्ष तमु धीं जापान, सागरमणी भण्डारी अध्यक्ष स्याङजा समाज जापान, अनिता गुरुङ वरिष्ठ उपाध्यक्ष एनआरएनए जापान, चित्र गुरुङ, वेद कार्की, सुक केसी, नन्द गुरुङ र भुनकुमारी गुरुङ रहेका छन् ।

यस दुखद घडीमा जापानवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनिहरुमा स्याङजा समाज जापान र मृतक चिन माया गुरुङको खातामा रकम फुरिकोमी गरि आर्थिक सहयोगको लागि मनकारी सबैलाई समितिले विनम्र अपिल गरेको छ ।