शुक्रबार, चैत १६, २०८०

हरेक मृत्युलाई कोरोना भाइरससँग नजोड्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस कोभिड–१९ सँग नजोड्न आग्रह गरेको छ ।

सोमबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेम कार्कीले भने, ‘जो मर्‍यो, त्यो कोरोनाले मर्‍यो भन्ने ढंगले जसरी प्रचारप्रसार भएको छ । यो दुःखद् कुरा हो । गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ ।

उनकाअनुसार नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको छ र स्थानीय तथा समुदाय स्तरमा फैलिन पाएको छैन । साथै, अहिलेसम्म मृत्यु भएकाहरुको कोरोना परीक्षण गर्दापनि नेगेटिभ रिपोर्ट नै आएको छ । डा कार्की भन्छन्, अरुअरु रोगका कारण भएको मृत्युलाई पनि कोरोनाकै कारण भन्नु भनेको हामीलाई मनको त्रास असाध्यै भएको हो ।

उनकाअनुसार कोरोना संक्रमण भइसकेपछि पनि ८० प्रतिशत मानिस सामान्य रुघाखोकी लागेको समयमा भन्दापनि कम बिरामी हुन्छन् । १५ प्रतिशतलाई अस्पताल भर्ना गर्नुनपर्ने तर औषधि खानुपर्ने हुने र बाँकी पाँच प्रतिशतलाई मात्र अस्पताल भर्ना गर्नुपर्ने बताएको छ ।