Nepali date


मङ्लबार, चैत्र २५, २०७६

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २२ हजार पुग्यो,झन्डै ५ लाखमा संक्रमण

काठमाडौं । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ )को संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार ३२ पुगेको छ ।

४ लाख ९७ हजार ५ सय ६ जना संक्रमित भएका छन् । १ लाख १७ हजार ५ सय ८२ उपचारपछि घर फर्किएका छन् ।

आज विहिवार अहिलेसम्म स्पेनमा ४ सय ४२ जनाको मृत्यु भएको छ । त्यहाँ आज मात्रै ६ हजार ६ सय ७३ जना नयाँ संक्रमित भएका छन् ।

इरानमा आज मात्र १ सय ५७ जनाको मृत्यु भएको छ । नेपालमा ३ जनामा संक्रमण र देश पूर्णरुपमा लकडाउन गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: