शुक्रबार, चैत १६, २०८०

टोकियोमा एक विधार्थीको हृदयघातले निधन,दाहसंस्कारको लागि सहयोगको अपील

टोकियो । जापानको टोकियोमा एक युवाको निधन भएको छ । टोकियोमा ३३ वर्षीय लोकराज धामीको आफु बसेकै होस्टेलमा भएको छ ।

सुदुरपश्चिमको बझाङ जिल्ला छबिस पाथिभारा(१ गाउपालिका घर भई हाल टोकियोको ओचुकामा रहेको बस्दै आएको होस्टेलमा २४ तारिख सोमबार राती धामीको निधन भएको जापान प्रहरीले जनाएको छ ।

हृदयघातको कारण मृत्यु भएको जनाएको छ । धामी निधन हुनु तीन दिन देखि आफ्ना साथीभाइको सम्पर्कमा नरहेपछि जापान प्रहरीलाई खबर गरेको थियो । निधन भएका धामी सन २०१७ मा विधार्थी भिषामा जापान प्रवेश गरेका थिए ।धामीका नेपालमा श्रीमती ,एक छोरा र एक छोरी छन ।

सामान्य परिवारका स्व ।धामीको अन्तिम दाहसंस्कारका लागि सुदुरपश्चिमेली समाज जापानले आर्थिक संकलन अभियान शुरु गर्दै सबै जापानवासी नेपालीलाई सहयोगको अपिल पनि गरेको छ । नेपालमा लामो समय विधार्थीहरूको हकहितको लागि आवाज उठाउने स्व.धामीको दाहसंस्कारको लागि जापानमा क्रियाशील नेपाली विधार्थी समाज जापान र प्रवासी नेपाली एकता मंचले समेत सहयोगको अपील गरेको छ ।

समाजले समाजको जापान हुलाक बैंकको १०१०० -९१२८२९२१ खातामा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।