शनिबार, बैशाख ०८, २०८१

कोरोना भाइरसबाट जापानमा ५३ जनाको मृत्यु,टोकियोमा एकैदिन ४१ मा संक्रमण

टोकियो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ )जापानमा १९३७ जनामा पुष्टि भएको छ । बुधबार साझँसम्म कोरोनावाट जापानभरि ५३ जनाको मृत्यु भैसकेको छ ।

जापानमा कोरोना संक्रमन १९३७ मध्ये ७१२ जना योकोहामा पोर्टमा क्वारेन्टाइन गरेर राखिएको क्रुज पानीजाहाजबाट छन् । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरु मध्ये ८ सय ५९ जना निको भइसके भने  ५७ जनाको स्थिति नाजुक छ ।

आज बुधवार टोकियोमा एनएचकेको अनुसार ४१ जनामा कोभिड -१९ संक्रमन भएको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।