Nepali date


मङ्लबार, चैत्र २५, २०७६

भारतमा एक सञ्चारकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । भारतमा पत्रकार सम्मेलनमा सहभागी एक सञ्चारकर्मीलाई कोरोना (कोभिड-१९) भाइरसको संक्रमण पुष्टि भएको छ ।

मध्यप्रदेशका मुख्यमन्त्री कोमलनाथद्वारा पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी ती पत्रकार र उनका छोरीमा समेत संक्रमण देखिएको छ । मध्य प्रदेशमा आफूले आयोजना गरेका पत्रकार सम्मेलनमा आएका सञ्चारकर्मी संक्रमित भएपछि निवर्तमान मुख्यमन्त्री कोमलनाथ क्वारेन्टाइनमा बसेका छन् ।

पत्रकार सम्मेलनमा दुई सय भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ती पत्रकारहरू क्वारेन्टाइनमा गए नगएको स्पष्ट भइसकेको छैन । भारतमा ५६२ जनामा कोरोना देखिएको छ भने १० जनाको ज्यान गइसकेको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: