शुक्रबार, बैशाख ०७, २०८१

कतारबाट आएका ३२ वर्षिय पुरुषमा कोभिड-१९ संक्रमन

काठमाडौं । कतारबाट आएका ३२ वर्षिय पुरुषमा कोभिड-१९ संक्रमन भएको छ । कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित व्यक्ति चैत ६ गते कतारबाट नेपाल आएको पाइएको छ । बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले प्रेससिट गर्दै संक्रमित व्यक्ति धादिङका ३२ वर्षका पुरुष भएको जानकारी दिएका हुन् ।

उनकाअनुसार काठमाडौं आएपछि उनी होटलमा बसेका थिए र स्वास्थ्य असहज भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका थिए ।