Nepali date


मङ्लबार, चैत्र २५, २०७६

कोरोना भाइरसको कारण जापानमा अहिलेसम्म ४४ जनाको मृत्यु

जापान । विश्वब्यापी महामारी फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को कारण जापानमा अहिलेसम्म ४४ जनाको मृत्यु पुष्टि भएको छ । आइतबारसम्म जापान भरि १७५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ७१२ जना योकोहामा पोर्टमा क्वारेन्टाइन गरेर राखिएको क्रुज पानीजाहाजबाट छन् ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरु मध्ये ५५ जनाको अवस्था नाजुक छ भने १९८ जना निको भइसकेको छन ।

जापानमा अहिलेसम्म कोरोना भाइरसको कारणले ४४ जनाको मृत्यु पुष्टि भएको छ जसमध्ये ७ जना क्वारेन्टाइन गरेर राखिएको क्रुज पानिजाहाजबाट छन् ।

विश्वमा हालसम्म ११ हजार भन्दा बढीमानिस यहि कोरोना भाइरस कारण मृत्यु भैसकेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: