बुधबार, बैशाख १२, २०८१

कुनै समस्या परे सम्पर्क गर्न एनआरएनए जापानका अध्यक्ष भण्डारीको आग्रह

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानले कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउन अपिल गर्दै कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसले विश्वब्यापी महामारी फैलिरहेको बखत जापानमा रहनु हुने गैरआवासीय नेपालीहरुमा कुनै समस्या वा सहयोग आवश्यक परे सम्पर्क गर्न अध्यक्ष देवीलाल भण्डारीले आग्रह गर्नुभएको हो ।

अध्यक्ष भण्डारीका अनुसार एनआरएनए जापानले जापानको उच्चस्तरीय समिति सदस्य एलिजा केसी भण्डारी संयोजक तोकिनु भएको छ । त्यसैले संयोजक भण्डारी अर्थात एनआरएनए जापानका कुनै पदाधिकारी तथा हेल्पलाईन नम्बर र क्षेत्रीय संयोजकमार्फत जानकारी गराइदिनु हुन आग्रह गरिएको हो । साथै अध्यक्ष भण्डारीले एक बिज्ञप्ति जारी गर्नुहुँदै सबै पहल र सहकार्य गर्न एनआरएनए जापान तयार रहेकोले समस्या भए सम्पर्क गर्न सबैमा अपिल गर्नुभएको हो । एनआरएनए आईसीसीको परिपत्र अनुरुप एनआरएनए  जापानको तर्फबाट कोरोना भाईरसबारे नजिकबाट अध्ययन गरिरहनु भएकी र पब्लिक हेल्थमा पीएचडी गर्दै रहनु भएकी साथै एनआरएनए जापानको उच्चस्तरीय समिति सदस्य समेत रहनुभएकी एलिजा केसी भण्डारीलाई  मनोनीत गरीएको हो । महासचिव जनक विक्रम शाहीका अनुसार जापानमा रहनुहुने सम्पूर्ण नेपालीहरुलाई यस विषम परिस्थिति बाट बच्न सावधानीका उपायहरु अवलम्बन गरी सुरक्षित रहनका लागि जनचेतना फैलाउन बनेको यस संयन्त्रमा सबैको सहयोगको अपेक्षा गरिएको छ ।

एनआरएनए जापानले हाललाई कोरोना भाईरस सम्बन्धि कुनैपनी आवश्यक जानकारीको लागि संयोजक एलिजा केसी भण्डारी ,एनआरएनए जापान कार्यसमिति तथा हेल्पलाईन नम्बर ०८०-९७००-६०११ र क्षेत्रीय संयोजकहरुलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।