शुक्रबार, बैशाख १४, २०८१

पर्वत समाज जापानको छटौँ अधिवेशन अप्रिल १२ मा हुने

टोकियो । जापानमा अध्ययन,पेशा,व्यबसाय गरि जापानमा बसोबास गरिरहनु भएका पर्वतेलीको संस्था पर्वत समाज जापानको छैटौँ अधिवेशन टोकियोमा हुने भएको छ ।

समाजका अध्यक्ष सुजन जोशीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले आगामी अप्रिल १२ तारिखका दिन छैटौँ अधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले छैटौ अधिबेशनका लागि ‘सम्पूर्ण पर्वतेलीहरुको ऐक्यबद्दता, आपसी सहयोग,सदभावप्रति हाम्रो प्रतिबद्दता’ भन्ने मुल नारा तय गरेको छ । जन्मघर पुर्खौली घर या हालको बसोबास पर्वत भई जापानमा बसोबास गरिरहनु भएका पर्वतेली दाजुभाई दिदीबहिनीहरुले आगामी अप्रिल ५ तारिख भित्रमा कार्यसमितीका साथीहरु संग सम्पर्क गरि सदस्यता लिनुहुन अनुरोध गरिएको छ । अप्रील ५ तारिख सम्म सदस्यता लिएकाहरु मात्र अधिबेशन प्रतिनिधी भई निर्वाचन प्रणालीमा भाग लिन पाउने निर्णय बैठकले गरेको छ । अधिवेशनलाई भव्य र सभ्य  बनाउन जापानका सबै क्षेत्रमा छरिएर रहेका पर्वतवासीलाई समेट्ने गरिसमाजका अध्यक्ष सुजन जोशीको नेतृत्वमा मुल व्यवस्थापन समिति सहित विविध उप–समिति गठन गरिएको छ । बैठकले अधिबेशन तथा नेपाली नयाँ बर्ष २०७७ को पावन अवसरमा जिल्लाबासीहरू बीच शुभकामना आदान प्रदानको कार्यक्रम एकै दिनमा गर्ने निर्णय समेत गरेको छ । नेतृत्व चयन पश्चात घोषणा सभा तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेको समाजले जनाएको छ । अधिबेशनमा समाजका महासचिबको सांगठनीक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिबेदन र आगामी कार्ययोजना तय गर्ने कार्यतालिका छ ।

http://japanremit.com/अधिनेशनको नयाँ नेतृत्व चयनको लागी समाजका सल्लाहकार ओम गुरुङको नेतृत्वमा मोहन घले र इश्वर जोशी सदस्य रहेको तीन सदस्यियनिर्वाचन कमिटी समेत निर्माण गरिएको छ । बैठकले अधिबेशनमा सम्पूर्ण जापानबासी पर्वतेलीहरूलाई समय मिलाएर उपस्थितको लागी आग्रह गरेको छ । पर्वत समाज जापान  पर्वत पर्वतेहरूलाई एउटै संस्थामा समेटेर गरि सन् २००९ यस संस्था स्थापना भएको हो । समाज अहिले जापानबासी पर्वतेलीहरूको साझा घर बनेको छ । यस संस्थाले अन्तराष्ट्रिय पर्वत समाजसँग समन्वय गरेर जिल्लाको विकास र समृद्धमा काम गदै आएको छ ।

त्यस्तै समाजले आफ्नो स्थापनाकाल देखीनै जापान र नेपालका बिभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको छ । समाजले  जिल्लाका असाय, गरीब तथा जटिल स्वास्थ्य समस्या सँगै भईपरि आउने समस्यामा परेका पर्वतेहरुलाई सहयोग गर्नुका साथै दर्जनौ समाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको समाजका महासचिव जनक सुबेदीले जानकारी दिनुभयो ।

समाजले बिशेष गरी पर्वतबाट जापान आएर समस्यामा परेका पर्वतेहरूलाई सहयोग गदै आएको जनाएको छ ।