बिहिबार, बैशाख १३, २०८१

समाजवादीको प्रवास विशेष समितिको घोषणा,अध्यक्षमा गुरुङ

काठमाडौं । समाजवादी पार्टीको प्रवास कमिटी प्रवास बिशेष प्रदेश समितिको घोषणा भएको छ ।

एक प्रदेशको रुपमा मान्यता दिदै प्रवास विशेष प्रदेश समितिको घोषणा गरिएको हो । समितिमा नयाँशक्तिको तर्फबाट अध्यक्ष धन गुरुङ र संघीय समाजवादी फोरमका तर्फबाट मुख्यसचिव विश्वास दीप तिगेलालाई पार्टीले चयन गरेको छ । ११ सदस्यीय पदाधिकारीहरुमा  दुवै पार्टीका तर्फबाट आधाआधा चयन गरिएका छन् । उपाध्यक्षहरुमा  पूर्व डिआईजी पार्वती थापामगर, पेम्बा गेलु शेर्पा, सुवन चौलागाई, सुन्दर तामाङ, र मिलन कान्छा किराती रहेका छन् । त्यस्तै गरि ३ सचिवहरुमा  प्रमोद श्रेष्ठ, मनिष यादव, मनोज गौतम, र कोषाध्यक्षमा धनबहादुर बिक रहेका छन् ।

समितिको इन्चार्जमा आङकाजी शेर्पा र पाँच सहइन्चार्जहरुमा मानबहादुर राई, जिएस गुरुङ, भगवान चाम्लिङ, लक्ष्मण हुमागाई र सुनिल थापालाई तोकेको छ ।

पार्टी केन्द्रीय कार्यसमिति अध्यक्ष उपेन्द्र यादव र परिषद अध्यक्ष डा बाबुराम भट्टराईले दिप प्रज्वलन गरि घोषणा सभाको उदघाटन गर्नुभएको थियो ।

प्रवास समितिको उपाध्यक्ष पेम्बा गेलुको सभापतित्वमा आयोजित घोषणा सभामा चयन भएका पदाधिकारीहरुको नामावली प्रवास इन्चार्ज आङकाजी शेर्पाले पढेर सुनाउनु भयो भने अध्यक्ष यादवले पर्दा खोलेर पदाधिकारी अंकिंत ब्यानरलाई सार्वजानिक गर्नुभयो । कार्यक्रमलाई सहइन्चार्ज लक्ष्मण हुमागाईले संचालन गर्नुभएको थियो ।

संघीय समाजवादी फोरम नेपालको २१ मुलुकमा निर्माण भएको प्रवास अंग संघीय नेपाली समाज र १९ मुलुकमा गठन भएको नयाँशक्ति पार्टीको भातृसंगठन अन्तर्राष्ट्रिय नेपाली समाजको समायोजन जारी रहेको बेला २१ मुलुकमा निर्माण भई संचालनमा रहेका छ ।