शुक्रबार, बैशाख ०७, २०८१

त्रिविमा बेथिति अन्त्यको प्रयास

त्रिभुवन विश्वविद्यालयले धेरै वर्षदेखिको बेथिति अन्त्य गर्दै सुधार अभियान तीव्र रूपमा अगाडि बढाएको छ । उपकुलपतिमा नियुक्त भएको झन्डैसय दिन पार गरेका प्राडा धर्मकान्त बाँस्कोटा विश्वविद्यालयलाई गतिशील बनाउने प्रयत्नमा जुटटेका छन् ।

यसबीच उपकुलपति बाँस्कोटाले विश्वविद्यालयमा रिक्त पदाधिकारी नियुक्तिका लागि सहमतिको प्रयासलाई तीव्रता दिएका छन् भने भौतिक पूर्वाधा र, परीक्षा प्रणाली, सूचना प्रविधि, शिक्षकको सम स्या समाधान गर्नेसम्मको सुधा र कार्यलाई ठोस रूपमा अघि बढाएका छन् ।

बाँस्कोटा गत कात्तिक १७ गते उपकुलपतिमा नियुक्त भएका हुन् । उपकुलपति बाँस्कोटाले विश्वविद्यालय सुधारका लागि आफूले ठोस योजनाका साथ काममा जुटेको जानकारी दिए । उनले पद बहाली गर्दा त्रिविको गत असारमा पारित हुनुपर्ने वार्षिक बजेट पारित हुन सकेको थिएन ।

उनी जिम्मेवारीमा पुगेपछि १३ मंसिरमा त्रिवि सभामार्फत बजेट पारित गरियो । ३ मा ४५औँ दीक्षान्त समा रोह गरियो भने पुस दोस्रो साता त्रिविको रिक्त रजिस्ट्रारमा प्राडा पेशल दाहाल नियुक्त भए ।

विश्वविद्यालयमा शिक्षाध्यक्षमा भने नियुक्ति हुन सकेको छैन । उपकुलपति बाँस्कोटाले विश्वविद्यालय प्राज्ञिक थलो भएको र सहमतिमा चलाउनुपर्ने भएकाले त्यसका लागि आफ्नो तर्फबाट प्रधानमन्त्री तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग पहल गरिरहेको जानकारी दिए । गोरखापत्र दैनिक