Nepali date


आइतवार, फाल्गुन ११, २०७६

लमजुङ्मा उद्यमशिलता र रोजगार प्रवर्द्धन विषय युवा परामर्श सेवा सम्पन्न

वेशीशहर । युवावर्गलाई लक्षित गरेर लमजुङ्को वेशीशहरमा युवा परामर्श सेवा सम्पन्न भएको छ । विहिवार राष्ट्रिय युवा परिषदको आयोजना तथा जियुस लमजुङ् तथा कुशल नेपाल लगायत विभिन्न युवा सम्बद्ध संघसंस्थाहरुसँगको सहकार्यमा सम्पन्न एकदिवसीय युवा परामर्श कार्यक्रममा ३०० जना युवाहरु सहभागी रहेका थिए ।

कार्यक्रममा संघीय साँसद माननीय देव गुरुङ् गण्डकी प्रदेश सभा सदस्य द्वय मायानाथ अधिकारी र धनञ्जय दवाडी युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेल उपसचिव केवलीराम अधिकारी युवा प्रतिभा तथा उद्यमी सञ्जालका अध्यक्ष लोचन बस्नेत तथा जियुस लमजुङ्का अध्यक्ष विवश बुढाथोकीले युवालाई सम्बोधन तथा सहजीकरण गर्नुभएको थियो ।

त्यसै गरी आजै लम्जुङ् कृषि क्याम्पसका युवाहरुसंग पनि अन्तरक्रिया सम्पन्न भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: