शुक्रबार, बैशाख ०७, २०८१

गेलुमा लाेक गायन तथा कबिता वाचन प्रतियोगिता सम्पन्न

मन्थली ।  रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ११गेलुमा रहेको शारदा माध्यामिक विद्यालयमा माघ २४गते शुक्रबार लोक गायन प्रतियोगिताको आयोजना गरिएको छ ।

स्वास्थ्य र सरसफाई सम्बन्धी चेतनामूलक लोक गायन प्रतियोगितामा १४ जना विद्यार्थीहरुले भाग लिएका थिए । जसमा रेजीना खड्का पहिलो , कुसला नेपाली दोस्रो सुनिता खड्का तेस्रो र रश्मिता खड्काले चौथो स्थान हासिल गरेका छन् । उनीहरुलाई वडा स्तरीय युवा क्लब चिसापनीका अध्यक्ष वोधप्रसाद दाहाल र विद्यालयका प्रधानाध्यापक अर्जुन कुमार श्रेष्ठले पुरस्कार स्वरुप शैक्षिक सामाग्री प्रदान गरेका थिए । यस्तै मन्थली नगरपालिका वडा नं १२ गेलु स्थित पशुपति आधारभूत विद्यालय भुल्भुलेमा शुक्रबारै बालबिबाह न्युनिकरणका बारेमा कबिता वाचन प्रतियोगिता आयोजना गरिएको छ । कार्यक्रम वडा स्तरीय बालक्लब चिसापानीका अध्यक्ष दाहालको अध्यक्षतामा र नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतियोगितामा सुवास भुजेल पहिलो , सुर्यमाया पहरी दोस्रो , दिपा पहरी तेस्रो र प्रगति खत्री सान्त्वना भएका छन् । कबिता वाचन प्रतियोगितामा पहिलो , दोस्रो , तेस्रो र सन्त्वना हुने विद्यार्थीलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्री प्रमुख अतिथी खत्रीले प्रदान गरेका थिए ।