शुक्रबार, चैत १६, २०८०

नेवा:अन्तराष्ट्रिय फोरम जापानले ९औं अधिवेशन फेब्रुअरी २३ मा गर्ने

टोकियो । जापानमा नेवारहरूको क्रियाशिल संस्था नेवा: अन्तराष्ट्रिय फोरम जापानको ९औं अधिवेशन फेब्रुअरी २३ तारिख गर्ने भएको छ ।

नेवा: अन्तराष्ट्रिय फोरम जापानको उक्त अधिवेशन सिनओकुबो स्थित नेपाली मुरा हल सोलमरीमा हुने संस्था महासचिव शिव तण्डुकारले जानकारी दिनुभयो ।

नेपालबाट जापानमा आइ बसोवास गर्ने नेवारहरूलाई संगठित गर्ने र आफ्नो कला संस्कृतिलाई मनाउने उदेश्य लिएर सन् २००३ मा यस संस्थाको स्थापना भएको थियो । आफ्नो स्थापनाकाल देखिनै नेवारहरूको विभिन्न चाड मनाउँदै र सामाजिक कार्यमामा सक्रिय रहदै आएको छ । वर्षैभरी विभिन्न कार्यक्रम जस्तै म्हँ पुजा, योमरी पुन्ही, बुद्ध जयन्ती, क्वाटी पुन्ही, दशैंको आयोजना गर्ने गरेको छ । यस बाहेक नेवारी परम्परामा गरिने छोरीहरूको बेल विवाह (ईही) पनि गर्ने गरेको छ। सामाजिक कार्य जस्तै भुकम्प गएको बेला नेपालमा आर्थिक सहयोग, उपचार खर्च नपाएको लागि उपचारको खर्च सहयोग गरेको छ भने आर्थिकरूपमा अत्यन्तै कमजोर नेवार परिवारको बालबालिकाको लागि पनि हरेक महिना झण्डै १००० रूपैयाको दरले दश कक्षा सम्म सहयोग गर्ने उदेश्यले अक्षयकोषनै बनाएर आर्थिक सहयोग गर्ने जनाएको छ ।

बिदेशमा रहेर पनि आफ्नो कला संस्कृतिको जगेर्णा गर्ने र आफ्नो सन्तती लगायत अन्य समुदयाको व्यक्ति तथा जापानिजहरूलाई पनि सिकाउदै र चिनाउदै लग्ने प्रमूख उद्देश्य यस संस्थाको रहेको संस्था महासचिव तण्डुकारले प्रस्ट पार्नुभयो । हाम्रो कला, संस्कृति र परम्परा मनाउने र जगेर्णा गर्ने कर्तव्य हाम्रो आफ्नै हो , त्यसैले पनि जापान जस्तो व्यस्त शहरमा रहेर वर्षै भरी विभिन्न कार्यक्रमको आयोजना गर्दैछौं संस्थाको अध्यक्ष दीपरत्न शाक्यले बताउनुभयो ।

आफ्नो कला, संस्कृति र परम्परा बिर्सनु भनेको आफ्नो पहिचान मेट्दै लग्नु हो, बिदेशमा भएपनि यसलाई बिर्सन नहुने र सके सम्म संस्थाले आयोजना गरेको नेवारी कार्यक्रममा सहभागी भईदिनु भएमा आयोजक संस्थापनि उत्साहित हुनेहुन्छ , संस्थाको स्थापनाकाल देखि सक्रिय तथा भुतपूर्व अध्यक्ष बिगेन्द्रमान सिंह प्रधानले बताउनुभयो ।

जापानमा नेवारहरूको सक्रिय संस्थापनि छ भन्ने कुरा धेरैलाई थाहा नहुनसक्छ विशेष गरी पछिल्लो समय जापान आउनुभएको भाईबहिनीहरूलाई जानकारी नहुनसक्छ । यस समाचारलाई आधारमानि जापानमा बसोवास गर्नुहुने सबै नेवार दाजुभाई दिदीबिहिनीलाई अधिवेशनमा सहभागी भैदिनहुन संस्थाको उपाध्यक्ष बालकृष्ण डंगोलले अनुरोध गर्नुभयो ।
अधिवेशन सकिएपछी नेवारी भोजको पनि आयोजना गरिने जनाएको छ, सबै नेवारहरूको उत्साहित सहभागितका लागि संस्थाले सबैलाई निमन्त्रणा गरेको छ ।

मिति : २३ फेब्रुअरी आईतवार
स्थान : नेपाली मुरा हल, सोलमरी, सिनओकुबो टोकियो
समय: दिउसो २ बजे बाट
सम्पर्क नं : ०८०-६५५५-६६६७ , ०७०-१२११-१५०२ ,०९०-३९६०-७०५९ ,०८०-७९६५-३३११