शनिबार, बैशाख ०८, २०८१

आदिवासी जनजाति महासंघ जापानको १७औँ महाधिवेशन मार्च २२ मा हुने

जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको आगमी मार्च २२ तारिख आईतवारको दिन १७औं महाधिबेशन हुने भएको छ ।
फेब्रुवरी ९ तारिख जापानको राजधानी टोक्योस्थित नेपाली मुरा हलमा भएको संघीय परिषद् बैठकले सो कुरा पारित गरेको हो ।
नेफिन जापान कार्य समितिले गरेको प्रस्तावलाई परिषद् बैठकले अअनुमोदन गरेको महासंघका अध्यक्ष टेक बहादुर लिम्बु जानकारी दिनुभयो ।
महासंघका अध्यक्ष टेक बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न संघीय परिषद बैठक महासचिव शान्त पहरीले संचालन गर्नु भएको थियो ।
महासंघले महाधिवेशनको लागि प्रत्येक जातिय संस्थामा आबद्द संस्थाबाट ५-५ जना प्रतिनिधि सहभागी हुनुपर्ने र २ जनाले मात्र मत दिन पाउने साथै आबद्द संस्था र क्षेत्रीय समितिबाट ३-३ जना पर्यवेक्षक सहभागी हुन पाउने जनाएको छ ।
महासंघको जनवरी ३ तारिखको बैठकले महासंघको बिधान संशोधन तथा निर्वाचन मण्डलमा जनजाति महासंघका सल्लाहकार ओम गुरुङलाइ संयोजक तोकिएको छ भने सदस्यहरुमा सुकुमान थिन,रित राना,पेम्वा शेर्पा र शान्त पहरीलाई जिम्मा दिएको छ । साथै बैठकले ओम गुरुङको अध्यक्षतामा हवलचन्द्र लामा,सरदकुमार गौचन रहनेगरि निर्वाचन मण्डल तोकेको छ ।

बैठकले महासंघको पदाधिकारीको उम्मेद्वारीको लागि निम्न शुल्क निर्धारण गरेको छ । अध्यक्ष १ जना मनोनयन शुल्क ३ मान,उपाध्यक्ष ४ जना एक महिलासहित २ मान,महासचिव १ जना २ मान,सचिव ४ जना एक महिलासहित –१ मान,कोषाध्यक्ष १ जना १ मान,सहकोषाध्यक्ष १ जना ७ हजार येन,प्रवक्ता १ जना ७ हजार येन,सदस्य ७ जना ३३ % महिला ५ हजार येन,मनोनित ३ जना पछि गर्ने गरि तोकेको छ । साथै महाधिवेशनको लागि आउने प्रतिनिधि शुल्क ५ हजार येन र पर्यवेक्षक शुल्क २ हजार येनसमेत निर्धारण गरेको छ ।
सोहि बैठकमा प्रथम लखन थापा मगरको १४३औं स्मृति दिवस अवसरमा लखन थापाको फोटोमा फुलगुच्छा र खादा लगाएर श्रद्धा-सम्मान गरेको थियो ।