शनिबार, बैशाख ०८, २०८१

राष्ट्रियसभा सदस्यमा श्रेष्ठ एक हजार दुई सय मतान्तरले विजयी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा विजयी भएका छन् ।

बिहीबार भएको निर्वाचनमा श्रेष्ठको पक्षमा तीन हजार चार सय ६२ मत आएको छ भने कांग्रेसका सूर्यप्रसाद रेग्मीले दुई हजार दुई सय ४४ मत ल्याएका थिए ।

उनीहरूबीच एक हजार दुई सय १८ मतान्तर छ ।

नेकपाले गण्डकी प्रदेशमा अन्यबाट श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा २ मा श्रेष्ठ सात हजार मतान्तरले बाबुराम भट्टराईसँग पराजित भएका थिए ।