बिहिबार, बैशाख ०६, २०८१

गण्डकी प्रदेश सांसद राजीव गुरुङ लेकसाइडको होटेलबाट पक्राउ

पोखरा । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखराको लेकसाइडमा रहेको होटेल प्याराडाइजबाट बिहीबार दिउँसो उनलाई सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले गुरुङलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी बताए ।
मगुरुङले बिहीबार राष्ट्रिय सभाको निर्वाचनमा मत खसालेका थिए । मत खसालेर लेकसाइडको होटलतर्फ लागेका गुरुङलाई प्रहरीले होटेलबाटै पक्राउ गरेको हो । गुरुङले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।